करिश्मा मानन्धरले रविका समर्थकलाई भेडा भनेपछि …

appharu
0
Shares

काठमाडौं । नायिका करिश्मा मानन्धर चर्चामा आईरहने पात्र हुन् । चाहे चलचित्र क्षेत्रमा होस व्यक्तिगत या राजनीतिक क्षेत्र ।

पछिल्लो समय माध्यमिक शिक्षा परिक्षा (एसईई) दिएर चर्चामा आएकी नायिका मानन्धर फेरी एक पटक चर्चामा आएकी छिन् ।

अहिले चर्चामा रहेको विषय शालिकराम पुडासैनी मृत्युलाई लिएर आफ्नो फेसबुकमा पोष्ट गरेको स्टाटसले नायिका मानन्धरलाई विवाद्मा तानेको हो ।

शालिकराम प्रकरणमा टेलिभिजन कार्यक्रम सिधाकुरा जनतासंग कार्यक्रमका प्रस्तोता रवि लामिछाने पक्राउ परेपछि धेरैले आ–आफ्नो मत जाहेर गरेका छन् ।

यो आफैंमा चिन्ताजनक अवस्था देखिन सक्ने भएकाले सावधानि अपनाएर प्रहरीलाई आफ्नो काम गर्न दिनुपर्ने धेरैको बुझाई छ ।

तर नायिका मानन्धरले यस विषयमा भिडले कसैलाई न्याय दिन नसक्ने भएको हुँदा यसमा दबाब दिन खोज्नु गलत्त भएको टिप्पणी गरेकी छिन् ।

सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस राख्दै उनले रवी समर्थकहरुलाई भेडाको संज्ञा दिएकी छिन् । उनको यहि स्टाटसलाई लिएर अहिले उनको विरोध पनी भइरहेको छ ।

सामाजिक सञ्जालमा विरोधका आवाज उठेपछि अथवा रविका समर्थले सामाजिक सञ्जालमा गालि बर्साउन थाले पछि नायिका मानन्धरले फेरी अर्काे स्टाटस लेखकी छिन् ।

उनले कुनैपनि शब्दको अतिवादी सोच बनाउदै त्यसको काल्पनिक अर्थ नलगाउन आग्रह गर्दै समाजप्रति उत्तरदायित्व महसुस गर्ने मानिस भएकाले चित्त नबुझेको विषय सामाजिक संजालमा लेख्ने गरेको प्रतिक्रिया दिएक छिन् । कोहि व्यक्तिलाई भन्दापनि प्रवृति नै गलत भएको उनको जिकिर छ ।

तस्विर करिश्माको फेसवुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?