रवी लामिछानेका दाइले लेखे यस्तो स्टाटस, रवीलाई अदालत लगिदै

काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा मुछिएका पत्रकार रवी लामिछानेलाई प्रहरीले पक्राउ गरेपछि उनका दाइ तथा रेडियो नेपालका पत्रकार हरिशरण लामिछानेले फेसबुकमा सत्यको जित हुने स्ट्याटस् लेख्नुभएको छ ।

लामिछानेले सत्य यही हो भन्न त गाह्रो छ तर सत्यको नजिकसम्म भने अवश्य पुग्न सकिन्छ #be_strong_Rabi भन्दै रवि लामिछानेलाई धैर्यता नगुमाउन सल्लाह दिनुभएको छ ।

चितवनमा झुण्डिएर आत्महत्या गरेका पुडासैनीले मर्नुअघि रेकर्ड गरेको भिडियो सार्वजनिक भएपछि पत्रकार रवी लामिछानेसहित ३ जनालाई बिहिबार पक्राउ गरेको थियो ।
यसबीच लामिछानेसहित तीनै जनालाई म्याद थपका लागि चितवन जिल्ला अदालत लैजाने तयारी गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?