मृतक पत्रकारको श्रीमतीको यस्तो हालत, ‘औषधी खानू है’ भनेका रहेछन्

appharu
0
Shares
तस्वीर: गूगल

काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको श्रीमती पति शोकमा रुँदारुँदै वेहोस भएकी छिन् ।

पत्रकार पुडासैनी चितवनमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । साँझको खाना खान बोलाउन होटलका कर्मचारी पुग्दा कोठा भित्रबाटै बन्द रहेको र उनी नबोले पछि राती १० बजे प्रहरीलाई खबर गरिएको थियो ।

प्रहरीको रोहबरमा ढोका खोल्दा पत्रकार पुडासैनी कोठाको पंखामा झुण्डिएको अवस्थामा फेला परेको एसपी मल्लले जानकारी दिए । एसपी मल्लका अनुसार उनको साथमा माउन्टेन टेलिभिजनको परिचय पत्र पनि भेटिएको थियो ।

नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं २ घर भएका पत्रकार पुडासैनी हालै मात्र माउण्टेन टिभीमा प्रवेश गरेका थिए । उनले मिसन न्यूज कार्यक्रम चलाउँदै आएका थिए ।

अहिले उनकी श्रिमती संगै आफन्तहरु मिडियामा आएकाछन्, उनिहरुले यो घटनालाई आत्माहत्या नभई हत्या भएको आरोप समेत लगाएका छन् ।

एक सञ्चारमाध्यममा प्रतिक्रिया दिँदै उनले भनेकी छिन् ‘औषधी बेलैमा खानू म भोलि छिट्टै आउछु’ भन्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?