पत्रकार मृत्यु प्रकरणले लियो ट्विस्ट, सुसाईड भिडियो फेला

appharu
0
Shares

काठमाडौं । नुवाकोट स्थाई घर भई माउन्टेन टिभिमा कार्यरत पत्रकार सालिकराम पुडासैनीको मृत्यु प्रकरणले नयाँ ट्विस्ट लिएको छ ।

घट्नाको २४ घन्टापछि भेटिएको सुसाईड भिडियोका कारण पुडासैनीको मृत्यु प्रकरणले नयाँ ट्विस्ट लिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृतक सालिकरामको मोवाईलमा सुसाईट भिडीयो फेला परेको छ । अहिले थप अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ । भिडीयो भेटीएसँगै साँझपख काठमाण्डौ लैजादै गरेको सालिकरामको सव भरतपुर अस्पतालमै राखिएको छ ।

मृतकका परिवारले दिएको जाहेरीका आधारमा पक्राउ परेका होटल सञ्चालक यज्ञ बहादुर कार्कि अहिले मंगलवार रातिसम्म प्रहरीकै नियन्त्रणमा रहेको छ ।

पत्रकार सालिकराम भरतपुर महानगरपालिका १ नारायणगढस्थित पोखरा बसपार्कमा रहेको कंगारु होटलको कोठामा सोमवार राति ९ बजे झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । उनका परिवारले घट्ना रहस्यमय भएको भन्दै सत्यतथ्य पत्ता लगाउन माग गर्दै सव उठाउन दिएका थिएनन् ।

केहि महिना अघिसम्म न्युज २४ को सिधा कुरा जनतासँग कार्यक्रममा आवद्ध रहेका सालिकराम पछिल्लो समय माउन्टेन टिभिमा कार्यरत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?