पत्रकार शालिकराम मृत्यु प्रकरण : रवी लामिछानेले लेखे यस्तो स्टाटस !

appharu
0
Shares

माउण्टेन टिभी काठमाडौंमा कार्यरत पत्रकार चितवनमा मृत्त भेटिएका छन् । चितवनको नारायणगढस्थित बसपार्कमा रहेको एक होटलमा पुडासैनी झुण्डिएको अवस्थामा भेटिएको चितवन प्रहरीले जनाएको छ

उनी सोमबार दिउँसो ३:३० बजे २०२ नम्बर कोठा बुक गरेर बसेका थिए । राति खाना खान बोलाउन होटलका कर्मचारी जाँदा कोठाको चुकुल लामो समयसम्म नखोलेपछि राति नै प्रहरीलाई खबर गरेका थिए । प्रहरीको रोहबरमा ढोका खोल्दा पत्रकार पुडासैनी झुण्डिएको अवस्थामा फेला परेको चितवन प्रहरीले जनाएको छ ।

रवी लामिछानेले लेखे मन छुने स्टाटस हेर्नुहोस

स्तब्ध छु। मर्न नडराउने भाई शालिकराम पुडासैनीले कसरी आफैलाई मार्ने निर्णय गरे होलाल्। छातीमा लात्त्ती खाई खाई पनि प्रश्न सोध्न नडराउने उनको छाति भित्रको मुटु यति कमजोर थियो जस्तो मलाई कहिलेपनि लागेन।नयाँ अवसर मिलेको छ दाइ, केहि गर्छु भनेर करिब ढेड महिना जति अघि टिमबाट बिदा लिएर गएका भाइ शालिकराम, हिजो राति चितवनको एक होटलमा झुन्डिएको अवस्थामा भेटिएका छन।

यो घटना उनको ब्यक्तिगत जीवन वा पत्रकारिता मध्य के ले प्रभावित पारेर भयो भन्ने लगायतका तथ्य त प्रहरी अनुसन्धान पछि आउला तर भाइ शालिकराम चाहिँ अब कहिले नआउने गरि बिदा भए। शालिक,सिधाकुरा टिम तिमीलाई सधै सम्झिरहने छ। हार्दिक श्रद्धाञ्जली भाइ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?