नियमित शारिरीक सम्पर्क : डिप्रेसन गायब, यस्ता फाईदा !

काठमाडौं । यौन मानव जीवनको एक महत्वपूर्ण पाटो हो । विशेष गरि दाम्पत्य जीवनमा यौनिक सन्तुष्टीले महत्वपूर्ण भूमिका खेल्छ । यस्तै यौन कार्यमा सक्रिय व्यक्ति अन्यको तुलनामा स्वस्थ समेत  हुने विभिन्न अनुसन्धानले प्रमाणित गरेका छन् ।
विभिन्न अध्ययनअनुसार सातामा दुई वा त्यसभन्दा बढी यौनमा संलग्न हुने पुरुष कम यौन क्रियाक्लापमा संलग्न हुने पुरुषको तुलनामा हृदयाघातको खतरा कम हुन्छ ।

यौनका लागि उत्तेजित हुनेबित्तिकै पल्स रेट प्रतिमिनेट ७० देखि १ सय ५० सम्म पुग्छ । त्यसैगरी मनको धड्कन पनि बढ्छ, रगत तीव्र रुपमा पम्प हुन्छ जसबाट अक्सिजनको सप्लाइ पनि बढ्छ ।यसबाट हृदय स्वस्थ रहन्छ । महिलालाई एन्डोमेट्रिओसिसबाट बचाउँछ र नियमित सहवासले महिलाको सुन्दरता र फिटनेस बढाउँछ ।

यौन प्रक्रिया सक्रिय रहने महिलामा एन्डोमेट्रिओसिस हुने खतरा कम हुन्छ । महिनाबारीको समयमा यौन प्रक्रियामा सक्रिय रहने महिलामा पनि एन्डोमेट्रिओसिसको खतरा १ दशमलव ५ गुना कम हुन्छ । प्रोस्टेट क्यान्सरबाट जोगाउँछ अर्को अनुसन्धानअनुसार बारम्बार स्खलन हुनाले प्रोस्टेट क्यान्सरबाट सुरक्षा प्राप्त हुन्छ ।

यौनमा प्रतिघण्टा ३ सय ६० क्यालोरी नष्ट हुन्छ । यसबाट फिगर मेन्टेन रहन्छ र व्यक्तिले सधैं स्वस्थ महसुस गर्छ । राम्रो निद्रा आउँछ यौनमा चरमसुख प्राप्त भएपछि शरीरमा अक्सिटोसिन, बेसोप्रेसिन तथा प्रोलेक्टिन नामक हर्मोन्स श्रावित हुन्छ ।यसबाट भावनात्मक सन्तुष्टि प्राप्त हुन्छ । राम्रोसँग निद्रा आउँछ र व्यक्तिले ताजापन एवं स्फूति महसुस गर्छ ।

स्लिपिङ ट्याबलेटको तुलनामा यौन प्रक्रिया निद्राका लागि १० गुना बढी फाइदाजनक छ । सेल्फ एस्टिममा वृद्धि र डिप्रेसनमा कमी यौन सक्रियताले आफ्ना पार्टनरप्रति सकारात्मक विचार बढ्छ ।

यसबाट ‘सेल्फ एस्टिम’ बढ्छ र ‘डिप्रेसन’ कम हुन्छ । यौनका बखत निस्कने एन्डारफिन हर्मोनको स्तर बढ्नाले यस्तो हुन्छ । यसका अतिरिक्त चरमसुखबाट दुवै पक्ष सन्तुष्ट हुन्छन् ।
यस्तै वजन कम गर्न पनि यौनसम्बन्ध सहायक सावित हुन्छ । नियमित रुपमा यौनसम्पर्कमा संलग्न रहनाले पेट बढ्दैन र शरीरका मांसपेशीहरुमा पनि तनाव देखिँदैन ।
-एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?