तपाई पोर्न फिल्म हेर्नुहुन्छ ? होसियार ! यस्तो समस्या आइलाग्ला …

काठमाडौं | पछिल्लो समय पोर्न हेर्नेहरुको संख्या बृद्दि हुँदै गइरहेको विभिन्न तथ्यांकले देखाएको छ | तर अश्लिल चलचित्र हेर्नु हानिकारक हुन्छ, यसले जीवनमा ठुलो समस्या निम्त्याउन पनि सक्छ | त्यो तपाईंको लागि घातक हुन सक्छ ।

एक अनुसन्धानका अनुसार जसले पोर्न फिल्मबढी मात्रामा हेर्छन् उनीहरुको जीवनमा रोमान्स कम हुँदै जान्छ । उनीहरुलाई डेट, कसैसँगको भेटघाट र रमाइलोले खासै असर पर्दैन । किन भने उनीहरुले यी सवैमा भन्दा पोर्न हेर्न मै आनन्दको महशुस गर्छन् ।

अनुसन्धानका अनुसार स्थिती त्यतिबेला खराब हुनसक्छ जब तपाईंलाई डेटिङमा जानुभन्दा पोर्न हेर्न राम्रो लाग्न थाल्छ । यस्तो अवस्थामा तपाईंको आत्मविश्वास खस्किने गर्दछ र तपाईं आफूलाई अरुभन्दा भिन्न पाउनुहुन्छ । यसले तपाईंको सम्बन्धमा नकारात्मक असर पुर्याइरहेको हुन्छ ।

३ सय ५० पुरुष र ३ सय ३६ महिलामाथि गरिएको यो सोध जर्नल अफ सेक्स रिसर्चमा प्रकाशित भएको थियो । आफूलाई चाहेर पनि पोर्न हेर्न रोक्न सक्नुहुन्न भने तपाईंलाई पोर्नको लत लागेको बुझ्नुपर्ने अनुसन्धानले बताएको छ ।

अनुसन्धान भन्छ, ‘स्थिती त्यतिबेला भयानक बन्ने गर्दछ जब तपाईंलाई पोर्न हेर्नु राम्रो होइन भन्ने थाहा हुँदा हुँदै पनि आफूलाई यसबाट टाढा राख्न सक्नुहुन्न । यस्तो स्थितीमा तपाईंको आत्मविश्वास खस्किन थाल्छ । ’

यदि तपाईंलाई पोर्न हेरेपछि हिनताबोधको भावना पैदा हुन्छ र तपाईं तनाव लिनुहुन्छ भने यसको प्रत्यक्ष असर तपाईंको सम्बन्धमा पर्ने गर्दछ । जसले तपाईको जीवन नै ववार्दद हुनसक्छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?