के तपाई मुखमा घाउ आएर हैरान हुनहुन्छ ? अपनाउनुस् यी घरेलु उपाय

काठमाडौं । कतिपय मानिसहरु मुखमा घाउ आउने समस्याबाट ग्रसित बनेका हुन्छन् । मुखमा घाउ आउँदा खाना खान मात्र नभई बोल्नसम्म गाह्रो हुने गर्दछ ।
मुखमा विभिन्न कारणले घाउ आउन सक्छ। कसैलाई तातो चिजले पोलेर घाउ हुनसक्छ भने कसैलाई खानाको एलर्जी या कसैलाई वंशाणुगत कारणले घाउ हुन सक्छ। सबै घाउ हानिकारक नभए पनि कुनै भने शरीरका अन्य रोगका कारण हुन सक्छन्।

केही मानिसमा पटक–पटक मुखमा घाउ आउने समस्या हुन्छ, यसलाई मेडिकल भाषामा ‘एप्थस अल्सर’ भनिन्छ । यो अल्सर हुनुको कारण अझैसम्म पत्ता लाग्न सकेको छैन । यस्तो अवस्थामा गिजा, ओठ, जिब्रो, जिब्रो मुनि, जिब्रो माथि जुनसुकै ठाउँमा पनि घाउ आउन सक्छ । कसैलाई यो समस्या निरन्तर देखिन्छ भने कसैलाई वर्षमा एकपटक देखिने हुन्छ ।

यो अल्सर मुखको गिजा, ओठ, जिब्रो, जिब्रोमुनि, जिब्रोमाथि जुनै ठाउँमा पनि आउन सक्छ । यो घाउ कुनैबेला ठूलो आकारमा देखापर्छ भने कुनै बेला धेरैको संख्यामा आउने गर्छ। कतिको मुखमा यो समस्या सधैंभरि पनि देखिन सक्छ ।

यो घाउ किन आउँछ भन्ने कारण पत्ता लगाउन नसकिए पनि वंशाणुगत, तनाव, खानाको एलर्जी, रोग प्रतिरोधी क्षमता कमजोर जस्ता कारणले आउन सक्छ ।

भिटामिन, खनिज पदार्थको कमीले पनि घाउ आउन सक्छ । तनावका बेला घाउ आउन सक्छ । तर यस्तो घाउ तनाव घटेपछि आफैं निको हुन्छ । केहीमा भने एचआइभी, यौनरोगजस्ता कारणले गर्दा घाउ आउँछ । केहीमा भने औषधिले गर्दा पनि मुखमा घाउ आउँछ ।

क्यान्सरले गिजा तथा जिब्रोमा घाउ आउन सक्छ । विशेषतः चुरोट, सूर्ति खाने मानिसमा यस्तो समस्या देखिन्छ । मुखमा घाउ आएर एक–दुई हप्तामा निको भएन भने क्यान्सर हुनसक्ने सम्भावना बढी हुन्छ ।
मुखमा घाउ यी कारणले आउन सक्छन्:-
१. मुखभित्र चोटपटक लागेर
२. तातोले पोलेर
३. एप्थस अल्सरका कारण
४. क्यान्सर लागेर

के तपाईँको मुखमा घाउ आएको छ, र यस समस्याबाट चिन्तित हुनुहुन्छ ? यदि त्यसो हो भने अपनाउनुहोस् यी उपाय जसले तपाइको घाउबाट मुक्ति दिलाउने मदत गर्नेछ l

-यदि तपाइको मुखमा घाउ छ भने त्यस्तो अवास्थ्य चिल्लो र पिरो खान कम गर्नुपर्छ l
-कुनै व्यक्तिको मुखमा घाउ भएमा त्यस्ता व्यक्तिले पानी तथा झोलीय पदार्थ बढी मात्रामा पिउनुपर्छ ।
-दिनहुँ जसो मनतातो नुनपानीले बारम्बार कुल्ला गर्ने बानी बसाल्नुपर्छ ।
-मुखमा घाउ भएको ठाउँमा मह लपक्कसँग लगाउने जसले गर्दा उक्त घाउमा राहत मिल्दछ l
-नियमित रूपमा बदाम भिजाएर खाने गर्नुपर्छ l
-मुखमा घाउ आएको बेला हरियो सागपात तथा फलफुलहरू मजाले चपाएर खानुपर्दछ l जसले गर्दा घाउ निको बनाउन मदत गर्दछ l एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?