तपाईंको बेडमा यी कुरा मिलेका छन् ?


”आ…. म त घर्लप्प सुत्ने हो । बिहान उठेपछि टाप । कस्ले मिलाउनु बेड । कसले विचार गर्नु यावत् कुरा ।”

आजका पुस्ता अध्ययन सँगसँगै पकेट मनिकै लागि भएपनि कुनै न कुनै काममा अल्झिएका हुन्छन् ।

यो उनीहरुको जवाफ स्वभाविक पनि होला ।

अनि अधबैँशे तथा जुनसुकै उमेरका व्यक्तिहरु पनि ‘बिजी’ भएका कारण बेड वयवस्थित गर्नेबारे सोच्दैनन् । तर एक अध्ययन अनुसार तपाईको बेड व्यवस्थित हुनु जरुरी छ ।

जीवनमा धेरै प्रकारका सकारात्मक परिवर्तन लागि तपाईको बेड सफा हुनुपर्छ । बेड कस्तो हुनुपर्छ केहि टिप्सहरु यहाँ छन् ।


पूर्व अथवा दक्षिण दिशातर्फ मुख फर्काएर सुत्नुपर्छ । पूर्वतर्फ शिर फर्काएर सुत्नाले विद्या तथा दक्षिणतर्फ शिर फर्काएर सुत्नाले धन र आयुको वृद्धि हुन्छ ।

 

थकान तथा चिन्तालाई बिर्सने ठाउँको रुपमा लिनुहुन्छ ।


ओछ्यानमा सुतीको तन्ना हुनु राम्रो मानिन्छ ।


तपाईको टाउकोको लेभल भन्दा सिरानी धेरै अग्लो हुनुहुदैन । र सिरानी धेरै कडा हुनुहुँदैन ।
डसना पनि कडा हुनुहुँदैन ।


बेडरुमको भित्तामा प्रकृतिको तस्वीरले सजमउँदा राम्रो हुन्छ ।


अहिले बजारमा विभिन्न किसीमका ‘वाल पेन्टिङहरु’ पनि पाईन्छ तिनको प्रयोग गर्न पनी सकिन्छ ।


बेडरुम सफा, हावा ओहोरदोहोर गर्ने हुनुपर्छ ।


बेडरुममा डिफ्युज्ड लाईटको प्रयोग गर्न पनि सकिन्छ ।


बेडरुममा कलुका निलो वा हुका हरियो कलर राम्रो मानिन्छ ।


सुगन्धको लागि गुलावबजको ड्राइ प्याकेट ओछ्यानमा प्रयोग गर्न सकिन्छ ।


पर्दा, तन्ना र भित्ताको कलर मिलाउनुपर्छ ।


धेरै झिालीमिली रंग राम्रो मानिदैन ।


बेड वरिपरी वरपर किताब अथवा अन्य अनावश्यक सर(सामान राख्नुहुँदैन ।


ओछ्यान मा टिभी, स्टडी टेबल आदि राख्नु हुँदैन । यसबाट मानसिक शान्ति र शारीरिक आराममा नकारात्मक प्रभाव पर्छ ।


ओछ्यानमा काम, व्यवसाय, आर्थिक सम्बन्धि काम गर्नुहुँदैन ।


ओछ्यानलाई भित्तामा टाँसेर राख्नुपर्छ ।


कोठाको बिममुनि सुत्नु हुँदैन । यो स्वास्थ्य र सम्बन्धका लागि ठीक हुँदैन ।


ओछ्यान अगाडी ऐना नराख्नु उचित हुन्छ । किनकी यो वास्तुअनुसार राम्रो मानिदैन ।

 


तन्नालाई हप्तामा एक पटक धुनुपर्छ ।


ओछ्यान संगै जोडिएको ‘एट्याच बाथरुम’ सधैं सफा तथा ढोका बन्द गरेर राख्नुपर्छ ।

प्रतिकात्मक तस्वीर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?