Sunday 22 November 2026
आइतबार ६ मंसिर २०८३

यती एयरलाइन्सको विमान अवतरणका क्रममा धावनमार्गमा चिप्लियो, सबै उडान ठप्प

बिप्लव जमकटेल २७ असार २०७६, शुक्रबार १२:१६
तस्बिर: गुगलबाट
तस्बिर: गुगलबाट
शेयर गर्नुहोस् Facebook

काठमाडौं । यती एयरलाइन्सको विमान अवतरणका क्रममा धावनमार्गमा चिप्लिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा धावनमार्गमा चिप्लिएको हो ।

यती एयरलाइन्सको एटीआर–७२ को विमान शुक्रबार बिहान नेपालगञ्जबाट यात्रु बोकेर काठमाडौं आएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले विमान धावन मार्गमा चिप्लिएको जानकारी दिँदै सबै यात्रुलाई सकुशल बाहिर निकालिएको जानकारी दिए । विमानमा कति यात्रु थिए भन्ने खुलेको छैन ।

धावन मार्गमै जहाज चिप्लिएपछि अहिले विमानकाे उडान-अवतरण दुवै अवरुद्ध बनेको छ । आन्तरिक तथा बाह्य उडानका कुनै पनि विमान उडेका छैनन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

प्रतिक्रिया सम्पादकले हेरेपछि मात्र देखिन्छ। गालीगलौज, घृणा र link राखिएका प्रतिक्रिया प्रकाशित हुँदैनन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईं दिनुहोस्।