गुण्डा नाइकेको छवि बनएका दिपक मनाङ्गे अब माननीय

मनाङ। राजीव गुरुङ उर्फ दिपक मनाङे हिमाली जिल्ला मनाङको प्रदेश (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् उनले १ हजार ४ सय १० मत पाएका छन् ।

प्रतिद्धन्द्धी कांग्रेसका कर्म गुरुङ ३ सय ९० मतले पराजित भएका छन् । उनले १ हजार २० मत पाएका छन् । मनाङेलाई बाम गठबन्धनले समर्थन गरेको थियो यसैगरी,सिन्धुपाल्चोक २ मा राप्रपा प्रजातान्त्रिक अगाडि देखिएको छ । राप्रपाका पशुपतिशमशेर राणाले ६१२९ मत प्राप्त गरेका छन् भने एमालेका शेरबहादुर तामाङले ५९२९ मत प्राप्त गरेका छन् यस्तै सिन्धुपाल्चोक १ मा माओवादी केन्द्रका अग्निप्रसाद सापकोटाले ८९७० मत र कांग्रेसका मोहनबहादुर बस्नेतले ४९४५ मत ल्याएका छन् । मतगणना जारी छ रसुवा प्रतिनिधिसभामा कांग्रेस अगाडि देखिएको छ ।

मतगणना जारी रहँदा कांग्रेस मोहनका आचार्यले ३५२३ र नेकपा एमालेका जनार्दन ढकालले २२४९ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?