बाढी पुनः आउनसक्ने, सतर्कता अपनाउन आग्रह

लोकपथ
0
Shares

काठमाडौं । तिब्बतमा हिमताल फुटेर भोटेकोशी नदी हुँदै त्रिशुली नदीमा पुनः बाढी आउनक्ने भन्दै सचेत गराइएको छ ।

बुधबार बिहान नेपालको उत्तरी नाका तिब्बततर्फबाट आएको बाढीले ठूलो धनजनको क्षति पुर्‍याएको छ ।

सरकारले तिब्बतमा हिमताल फुटेर बाढी आएको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ । उक्त बाढी पुनः आउनसक्ने सूचना चिनियाँ पक्षबाट आएको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका एक अधिकारीले चिनियाँ पक्षसँग गरेको कुराकानी अनुसार फुटेको भनिएको हिमतालमा अझै ७ मिटर अग्लो ड्याम भएको र त्यो जुनसुकै बेला फुट्नसक्ने चेतावनी दिइएको छ । जसकारण तटीक्ष क्षेत्रमा जान, राहत तथा उद्धारमा खटिएका सबैलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।

‘चीन तर्फबाट प्राप्त सूचना अनुसार नदी थुनिएको स्थानमा अझै पनि ताल पुरा नखोलिएको हुँदा भोटेकोसी र त्रिशुलीको क्षेत्रमा जोखिम कायमै रहेको र अर्को सूचना जारी नहुँदासम्म नदीबाट टाढा सुरक्षित स्थानमा रहिरहन अनुरोध छ,’ प्राधिकरणले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?