Sunday 22 November 2026
आइतबार ६ मंसिर २०८३

के तपाइँ पसिना गन्हाएर हैरान हुनुहुन्छ ? यी खानेकुरा भुलेर पनि नखानुस्

बिप्लव जमकटेल १९ असार २०७६, बिहिबार १८:१५
file photo
file photo
शेयर गर्नुहोस् Facebook
file photo

प्राय मानिसहरुमा आएको पसिना गन्हाउने समस्याबाट ग्रसित हुन्छन् । चाहे टाढाको बाटो हिड्दा होस् या सामान्य काम गर्दा हाम्रो शरीरबाट पसिना निस्कने गर्दछ । र सोहि पसिना गन्हाएर कसैको नजिक पर्नै अप्ठ्यारो हुन्छ ।

एक अनुसन्धानका अनुसार यी ६ खानेकुरा कम खाएमा पसिना गन्हाउने समस्या कम हुन्छ ।

१. दूध

यदि हामीले गर्मी मौसमा दूध खाएमा पनि पसिना गन्नाउछ । किनभने दूधमा कोलिन नामक तत्व पाइन्छ ।त्यसैले दूध कम खानुस् ।

२. अल्कोहल

यदि तपाईले दैनिक धुम्रपान र मद्यपान सेवन गर्नुहुन्छ भने तपाईको मुख र पसिना गन्हाउछ । त्यसैले यसको असर कम गर्न कागती पानी विहानै खानुपर्छ ।

३. कफी

कफीले सास र पसिना गन्हाउछ । त्यसको समाधाको लागी हर्बल टी खानुपर्छ । किनभने यसमा एन्टी अक्सिडेन्टल पाइने भएकाले फाइदाजनक हुन्छ ।

४. काउली

यदि तपाईले नियमित काउलीको तरिकारी खाएमा काखी र शरिरको पसिना गन्हाउछ । किनभने काउलीमा कोलिन तथा भिटामिन बी पाइन्छ ।त्यसको समाधानको लागी ताजा स्याउ खानुस् ।

५. लसुन र प्याज

लसुन तथा प्याजमा पाइने सल्फर तत्वले पनि काखी र शरिरमा पसिना गन्हाउने समस्या आउँछ । यसको समाधाको लागी दालचिनी तथा सुकुमेल खानुपर्छ ।

६. फर्सी

फर्सीमा पनि कोलिन पाइने भएकाले यो भुलेर पनि नखानुस् । यसले पसिना गन्हाउने समस्या मात्र निम्त्याउछ । बरु यसको साटो सुन्तला खाएमा फाइदाजनक हुन्छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

प्रतिक्रिया सम्पादकले हेरेपछि मात्र देखिन्छ। गालीगलौज, घृणा र link राखिएका प्रतिक्रिया प्रकाशित हुँदैनन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईं दिनुहोस्।