Sunday 22 November 2026
आइतबार ६ मंसिर २०८३

डोटीमा सर्पले डसेर एक बालकको मृत्यु

बिप्लव जमकटेल १९ असार २०७६, बिहिबार १३:३०
शेयर गर्नुहोस् Facebook

काठमाडौं । जिल्लाको पूर्वी क्षेत्रमा पर्ने केआई सिंह गाउँपालिकामा सर्पले डसेर आज बिहान एक बालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता लालबहादुर धामीका अनुसार उक्त गाउँपालिका–२ तिखात्तर बस्ने शेरबहादुर बोगटीका ९ वर्षीय छोरा झकेन्द्रबहादुरको आँगनमा बसेर पढिरहेका बेला सर्पले डसेर मृत्यु भएको हो ।

सर्पले डसेपछि दिपायलको पिपल्लास्थित शैलेश्वरी अस्पतालमा उनलाई उपचारका लागि पुर्याएपछि उनको मृत्यु भएको छिमेकी मोहन बोगटीले बताए ।
बिरामीलाई ढिलो गरी अस्पताल ल्याइएका कारण उपचार सम्भव नभएको उक्त अस्पतालका चिकित्सक ललित लिम्बूले बताए ।

उनले भन्नुभयो, “सर्पले डसेका बिरामीलाई तत्कालै अस्पताल लैजानुपर्छ भन्ने ज्ञान रहेनछ, अझै गाउँमा झारफुक गर्ने बानीका कारण बिरामी मर्ने गरेको पाइयो ।” बुधबार मात्रै शिखर नगरपालिका–२ कालागाढकी ४२ वर्षीया जमुनादेवी कार्कीको पनि सर्पले डसेका कारण मृत्यु भएको थियो ।

उनलाई पनि समयमै अस्पताल नपु-याउँदा मृत्यु भएको चिकित्सकहरुले बताए । जिल्लामा गर्मी बढेसँगै सर्पदंशका बिरामी बढ्न थालेका छन् ।
रासस

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

प्रतिक्रिया सम्पादकले हेरेपछि मात्र देखिन्छ। गालीगलौज, घृणा र link राखिएका प्रतिक्रिया प्रकाशित हुँदैनन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईं दिनुहोस्।