Sunday 22 November 2026
आइतबार ६ मंसिर २०८३

सिनामंगलमा सवारी दुर्घटना हुँदा १६ जना घाइते, २ को अवस्था गम्भीर

बिप्लव जमकटेल १७ असार २०७६, मंगलबार १०:५६
सिनामंगलमा सवारी दुर्घटना हुँदा १६ जना घाइते, २ को अवस्था गम्भीर
शेयर गर्नुहोस् Facebook

काठमाडौं । काठमाडौंको सिनामंगलमा सवारी दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।

मंगलबार बिहान गौशालाबाट सिनामंगल जाँदै गरेको बा ४ ख ५१०० नम्बरको हायस र विपरीत दिशाबाट आइरहेको बा १ झ ९७७६ नम्बरको माइक्रो एकआपसमा ठोक्किएर दुर्घटना भएको काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।

घटनामा नेपाली सेनाका अमल्दार भरत खत्री र माइक्रो चालक हिमाल काफ्ले गम्भीर घाइते छन् । नारायण दल गुल्ममा कार्यरत् खत्रीको टाउकोमा चोट लागेको छ ।

घाइते दुवैको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

प्रतिक्रिया सम्पादकले हेरेपछि मात्र देखिन्छ। गालीगलौज, घृणा र link राखिएका प्रतिक्रिया प्रकाशित हुँदैनन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईं दिनुहोस्।