काठमाडौँ, २६ कात्तिक । विराटनगरबाट काठमाडौँ आउदै गरेको ना ६ ख ७६८७ नम्बरको बस त्रिशुलीमा नदीमा खसेको छ आइतबार धादिङको सिम्ले खयरघारीमा खाना खान गाडी रोकी फर्काउने क्रममा गाडी दुर्घटना भएको हो । ४५ जना यात्रु रहेको गाडीमा केही खाना खान गाडीबाट ओर्लिएका थिए भने १५ जना गाडी भित्रै रहेका थिए । गाडीमा रहेका सबै घाइते भएको साथै चालक र अन्य एकको अवस्था गम्भिर रहेको प्रत्यक्षदर्शी पत्रकार मनोज आत्मियले जानकारी दिए । चालकले लामो समयसम्म आराम नगरी बस चलाएको यात्रुहरुले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया