न्यू बुटवल–न्यू दमौली ४०० केभी प्रसारण लाइन निर्माण सुरु

लोकपथ
0
Shares

काठमाडौं । मिलेनियम च्यालेन्ज अकाउन्ट (एमसीए)–नेपालले न्यू बुटवलदेखि न्यू दमौली सबस्टेशनसम्म ४०० केभी क्षमताको विद्युत् प्रसारण लाइन निर्माण सुरु गरेको छ ।

एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत निर्माण हुने उक्त प्रसारण लाइनको काम मंसिर ४ गतेदेखि तनहुँ र पाल्पाबाट सुरु गरिएको हो ।

एमसीए–नेपालका अनुसार न्यू बुटवल–न्यू दमौली खण्ड ९० किलोमिटर लामो हुनेछ । यस खण्डमा तनहुँ, पाल्पा, नवलपरासी पूर्व र नवलपरासी पश्चिम गरी चार जिल्लामा २५० वटा प्रसारण टावर निर्माण गरिनेछ ।

एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत कुल ३१५ किलोमिटर लामो विद्युत् प्रसारण लाइन निर्माण गर्ने योजना छ ।

यो प्रसारण लाइन निर्माण भएपछि नेपालको विद्युत् प्रसारण क्षमता बढ्ने र ऊर्जा सुरक्षा बलियो हुने अपेक्षा गरिएको छ । साथै, विभिन्न जलविद्युत् आयोजनाबाट उत्पादन हुने बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न सहज हुनेछ ।

यसले देशभित्र विद्युत् आपूर्ति व्यवस्थापन गर्न र भविष्यमा भारतसँग विद्युत् व्यापार गर्न आवश्यक पूर्वाधार विकासमा समेत सहयोग पुग्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?