एनपीएल : कर्णाली याक्सले चितवनलाई २४ रनले हरायो

लोकपथ
0
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सले आफ्नो अन्तिम खेलमा जित निकालेको छ । कर्णालीले चितवन राइनोजलाई २४ रनले पराजित गरेको हो ।

कर्णालीले दिएको १५४ रनको लक्ष्य पछ्याएको चितवन १९.१ ओभरमा १२९ रनमै अलआउट भयो ।

चितवनका उसामा मिरले अविजित २८ रन बनाए । त्यस्तै, कामिल मिश्राले २५, कुशल मल्लले १८ र देव खनालले १४ रन जोडे ।

कर्णालीका हुसैन तलातले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए । पवन सर्राफ र मार्क वाटले समान २–२ विकेट लिए भने सोमपाल कामीले १ विकेट हात पारे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५३ रन बनाएको थियो ।

कर्णालीका हुसैन तलातले सर्वाधिक ५१ रन बनाए । उनी अविजित रहे । त्यस्तै, अरिफुल इस्लामले ३५, गुलशन झाले १८ र पवन सर्राफले १५ रनको योगदान दिए ।

चितवनका कमल सिंह ऐरी, सलाहुद्दीन खान र उसामा मिरले समान २–२ विकेट लिए । सिकन्दर रजा र रिजन ढकालले १–१ विकेट लिए ।

यस जितसँगै कर्णालीले प्रतियोगिताको अन्तिम खेलमा सुखद अन्त्य गरेको छ । तर, कर्णाली प्लेअफमा पुग्न सकेन । चितवनले भने यसअघि नै प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?