एनपीएल : हुसैन तलातको अर्धशतकमा कर्णालीले बनायो १५३ रन

लोकपथ
0
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजविरुद्ध कर्णाली याक्सले १५४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५३ रन बनायो ।

कर्णालीका हुसैन तलातले सर्वाधिक ५१ रन बनाएर अविजित रहे । यस्तै, अरिफुल इस्लामले ३५, गुलशन झाले १८ र पवन सर्राफले १५ रनको योगदान दिए ।

चितवनका बलर कमल सिंह ऐरी, सलाहुद्दीन खान र उसामा मीरले समान दुई विकेट लिए । सिकन्दर रजा र रिजन ढकालले एक–एक विकेट हात पारे ।

चितवन यसअघि नै प्लेअफमा पुगिसकेको छ भने कर्णाली प्रतियोगिताबाट बाहिरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?