काठमाडौं । नेकपा एमालेले मंसिर २ र ३ गते हुने राष्ट्रिय भेलापछि स्थानीय तहका जनप्रतिनिधिको भेला गर्ने भएको छ ।
एमालेका प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार मंसिर ४ गते जनप्रतिनिधिको भेला आयोजना गर्न लागिएको हो । त्यसैगरी, मंसिर ५ गते केन्द्रीय कमिटीको बैठक बस्ने कार्यक्रम तय भएको छ ।
यी सबै कार्यक्रम ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा हुने आचार्यले जानकारी दिए ।
स्थानीय तहको निर्वाचनअघि जनप्रतिनिधिसँग आवश्यक छलफल र परामर्श गर्न भेला आयोजना गर्न लागिएको उनले बताए ।
त्यस्तै, मंसिर ५ गते बस्ने केन्द्रीय कमिटी बैठकमा पार्टीको कार्यविभाजनलगायत विषयमा छलफल हुनेछ । बैठकका लागि आवश्यक तयारी भइरहेको आचार्यले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया