एसियन लाइफको नाफा ५.७९ प्रतिशतले बढ्यो, तीन महिनामा कमायो १६ करोड

लोकपथ
0
Shares

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा १६ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

कम्पनीले सार्वजनिक गरेको असोज मसान्तसम्मको वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफा ५.७९ प्रतिशतले बढेको हो । गत वर्षको पहिलो तीन महिनामा कम्पनीले १५ करोड २५ लाख रुपैयाँ नाफा कमाएको थियो ।

यस अवधिमा कम्पनीको बीमाशुल्क संकलन पनि बढेको छ । साउनदेखि असोजसम्म कम्पनीले २ अर्ब ८३ करोड ८० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा २२.१५ प्रतिशतले बढी हो ।

त्यस्तै, कम्पनीको खुद बीमाशुल्क संकलन २१.३७ प्रतिशतले बढेर २ अर्ब ७७ करोड २२ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको जीवन बीमा कोष पनि बढेको छ । असोज मसान्तसम्म कम्पनीको जीवन बीमा कोषमा ५४ अर्ब ४९ करोड ३६ लाख रुपैयाँ जम्मा भएको छ । गत वर्षको सोही अवधिमा यस्तो कोषमा ४८ अर्ब ४८ करोड ५२ लाख रुपैयाँ रहेको थियो । एक वर्षमा जीवन बीमा कोष १२.३९ प्रतिशतले बढेको हो ।

हाल कम्पनीको चुक्तापुँजी ५ अर्ब २५ करोड १२ लाख रुपैयाँ रहेको छ । यस्तै, कम्पनीको सञ्चित मुनाफा ६७ करोड ३ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको महाविपत्ति कोषमा ३४ करोड ५० लाख रुपैयाँ र अन्य इक्विटीमा ८ करोड ४० लाख रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?