काठमाडौं । नेपाली बजारमा आज आइतबार सुन र चाँदी दुवैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार ५०० रुपैयाँले घटेको हो ।
शुक्रबार प्रतितोला २ लाख ७१ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन आज घटेर २ लाख ७० हजार २०० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १०० रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला ३ हजार ७०० रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर ३ हजार ६०० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।
यससँगै आज नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया