काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना दिएका छन् ।
छठ पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले सबै धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
उनले छठ पर्व परिवारको सुख, शान्ति, स्वास्थ्य र सन्तानको दीर्घायुको कामना गर्दै मनाइने महत्वपूर्ण पर्व भएको उल्लेख गरेका छन् ।
प्रधानमन्त्री शाहले छठ पर्वले उदाउँदो सूर्यसँगै अस्ताउँदो सूर्यलाई पनि समान श्रद्धा र सम्मानका साथ पूजा गर्न सिकाउने बताएका छन् । यसले प्रकृतिप्रति कृतज्ञ हुन र जीवनका हरेक अवस्थालाई सम्मान गर्न प्रेरणा दिने उनको भनाइ छ ।
उनले छठ पर्वले सबैमा सकारात्मक ऊर्जा प्रदान गर्दै देशमा सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्य पूरा गर्न प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया