काठमाडौं । बर्दियामा मोटरसाइकलसँग ठोक्किएर यात्रुवाहक बस पल्टिँदा दुई जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।
शनिबार (कात्तिक २८) दिउँसो करिब १ः४० बजे गुलरिया नगरपालिका–११, लालपुरस्थित हुलाकी सडकमा दुर्घटना भएको हो ।
प्रहरीका अनुसार गुलरियाबाट नेपालगन्जतर्फ जाँदै गरेको बा५ख ५६०५ नम्बरको मिनिबस विपरीत दिशाबाट आउँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकलसँग ठोक्किएर पल्टिएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक भारतको चण्डीगढका ३४ वर्षीय हुकुमबहादुर खत्री र मोटरसाइकलको पछाडि सवार अन्दाजी ५५ देखि ६० वर्षका एक पुरुषको मृत्यु भएको छ । दुवै जनाको उपचारका क्रममा बर्दिया जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा बस चालक गुलरिया–८ का ४० वर्षीय हरि चौधरीसहित १५ जना घाइते भएका छन् । घाइतेहरू बर्दिया, बाँके र दाङका यात्रु रहेको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये केही उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् भने केहीको अझै उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया