भीमफेदी दुर्घटनाका सबै १४ मृतकको शव परिवारले बुझे

लोकपथ
56
Shares

काठमाडौं । मकवानपुरको भीमफेदीमा भएको सवारी दुर्घटनामा मृत्यु भएका सबै १४ जनाको शव परिवारले बुझेका छन् ।

शुक्रबार दुर्घटनामा मृत्यु भएका बाँकी १३ जनाको शव आफन्तले बुझेका हुन् । यसअघि चालकको शव बिहीबार नै परिवारले बुझिसकेका थिए ।

छठ पर्व मनाउन काठमाडौंबाट सर्लाही जाँदै गरेको माइक्रोबस बिहीबार बिहान करिब ६ बजे मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा दुर्घटना भएको थियो ।

सडकबाट करिब ५०० मिटर तल खसेको माइक्रोबसमा सवार तीन बालिकासहित १४ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?