छठ पर्वका दिन पनि राहदानी विभाग खुला रहने

लोकपथ
14
Shares

काठमाडौं । छठ पर्वको सार्वजनिक बिदामा पनि राहदानी विभाग खुला रहने भएको छ ।

सेवाग्राहीलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले छठ पर्वका दिन पनि नियमित सेवा सञ्चालन गर्ने निर्णय गरिएको विभागका महानिर्देशक दीपक विश्वकर्माले जानकारी दिएका छन् ।

उनका अनुसार छठ पर्वका दिन बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म राहदानीसम्बन्धी सेवा उपलब्ध हुनेछ ।

सार्वजनिक बिदाका कारण सेवाग्राहीलाई राहदानी सेवा लिन समस्या नहोस् भनेर विभाग खुला राख्ने निर्णय गरिएको उनले बताए ।

तर, छठ पर्व मनाउने विभागका कर्मचारीलाई भने सोमबार बिदा दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?