काठमाण्डूविरुद्ध दीपेन्द्रको अर्धशतक

लोकपथ
21
Shares

काठमाडौं । सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा काठमाण्डू गोर्खाजविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशलामा टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमका दीपेन्द्रले काठमाण्डूविरुद्ध ४६ बलमा ५० रन पूरा गरेका हुन् ।

जारी सिजनमा उनको यो दोस्रो अर्धशतक हो । उनले यसघि पोखरा एभेन्जर्सविरुद्ध अर्धशतक प्रहार गरेका थिए । पहिलो सिजनदेखि कप्तानी सम्हाल्दै आएको उनको एनपीएलको समग्रमा यो तेस्रो अर्धशतक हो ।

खेलमा उनले अर्धशतक प्रहार गर्नेक्रममा पाँच चौका र दुई छक्का प्रहार गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?