दाङ । दाङको घोराही उपमहानगरपालिका–१० अर्घुमास्थित सिँचाइ बाँधमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका युवक मृत फेला परेका छन् ।
स्थानीय बेलघारका २३ वर्षीय अनुप चौधरीको शव आज बाँधबाट निकालिएको हो ।
सशस्त्र प्रहरी उपरीक्षक यदुकुमार कार्कीका अनुसार सशस्त्र प्रहरी बल नेपालको शमशेरगञ्जस्थित प्रदेशस्तरीय विपद् व्यवस्थापन टोलीले बाँधको करिब ३० फिट गहिराइमा माटोमा गाडिएको अवस्थामा चौधरीको शव फेला पारेको हो ।
प्रहरी निरीक्षक आशिष रावतको कमाण्डमा खटिएको विशेष टोलीले खोजी गर्ने क्रममा शव फेला पारेको कार्कीले जानकारी दिए ।
चौधरी छ जना साथीसँगै बाँधमा नुहाउन गएका बेला डुबेर बेपत्ता भएका थिए । उनी बेपत्ता भएको खबर पाएलगत्तै खोजी तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?













प्रतिक्रिया