भारतीयसँग मिलेर श्रीमानको हत्या, श्रीमतीसहित २ जना पक्राउ

लोकपथ
497
Shares

काठमाडौं । मोरङमा भारतीय नागरिकसँग मिलेर श्रीमानको हत्या गर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङको जहदा गाउँपालिका २ मोहनपुरमा गएराति ४० वर्षीय बुधराम सोरेनको रड प्रहार गरी हत्या भएको थियो ।

हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मृतककी श्रीमती ३५ वर्षीया कमली बास्के र भारतको बिहार घर भएका २७ वर्षीय सुनिल मिश्रलाई प्रहरीले पक्राउ गरेको हो ।

गएराति करिब ९ बजेको समयमा उक्त घटना घटेको र सोही समयमा प्रहरीले घटनामा संलग्न मिश्रलाई रडसहित पक्राउ गरेको थियो । यता श्रीमती भने श्रीमानको हत्यापछि फरार रहेकी थिइन् । उनलाई आज बिहान साढे ७ बजे आसपास खेतमा भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा राखिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?