काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप–३१ मा सहभागी हुन शनिबार तुर्किए प्रस्थान गरेका छन् ।
तुर्किएको आन्ताल्यामा नोभेम्बर ९ देखि २० सम्म आयोजना हुने सम्मेलनमा मन्त्री खनालले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् ।
उनले नोभेम्बर ९ मा सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यस्तै, नोभेम्बर ११ र १२ मा आयोजना हुने नेताहरूको शिखर सम्मेलनमा पनि उनी सहभागी हुनेछन् ।
सम्मेलनका क्रममा मन्त्री खनालले नेपालसहित ताजिकिस्तान, किर्गिजस्तान, भुटान र पाकिस्तानको संयुक्त आयोजनामा हुने हिमाली क्षेत्र, हिमनदी संरक्षण तथा जलवायु उत्थानशीलतासम्बन्धी उच्चस्तरीय कार्यक्रममा पनि सहभागिता जनाउनेछन् ।
परराष्ट्रमन्त्री खनाल नोभेम्बर १४ मा स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया