काठमाडौं । साओमी नेपालले चाडपर्वलाई लक्षित गरी सञ्चालन गरेको ‘साओमी किन्दा, उपहार एभ्रीडे, बम्परमा थाइल्यान्ड होलिडे’ योजनाअन्तर्गत दैनिक तथा साप्ताहिक विजेता घोषणा गरेको छ ।
कम्पनीले सेप्टेम्बर २५ देखि अक्टोबर ३१ सम्मका लागि रेडमी बड्स ६ प्लेका दैनिक विजेता र रेडमी वाच ६ एक्टिभका साप्ताहिक विजेता सार्वजनिक गरेको हो ।
योजनाअन्तर्गत दैनिक ८ जनाले रेडमी बड्स ६ प्ले र साप्ताहिक १० जनाले रेडमी वाच ६ एक्टिभ जित्नेछन् । त्यस्तै, बम्पर उपहारअन्तर्गत ४ जना विजेताले चार रात पाँच दिनको थाइल्यान्ड भ्रमण गर्ने अवसर पाउनेछन् ।
रेडमी नोट १५ सिरिजको प्रवर्द्धनलाई समेत लक्षित गरी ल्याइएको यस योजनामा टाइटन टफ प्रविधिसहितका स्मार्टफोन खरिद गर्ने ग्राहकले विभिन्न उपहार जित्ने अवसर पाउने कम्पनीले जनाएको छ ।
ग्राहकले साओमीका स्मार्टफोन शून्य प्रतिशत ईएमआई सुविधामा समेत खरिद गर्न सक्नेछन् ।
कम्पनीका अनुसार यो योजना सन् २०२६ नोभेम्बर २५ सम्म सञ्चालन हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया