धनतेरसमा एलआरआर ग्रुपले हस्तान्तरण गर्‍यो २६ युनिट ईभी

लोकपथ
21
Shares

काठमाडौं । एलआरआर ग्रुपले धनतेरसको अवसर पारेर विभिन्न ब्राण्डका २६ युनिट विद्युतीय गाडी (ईभी) ग्राहकलाई हस्तान्तरण गरेको छ ।

कम्पनीले आफूले आधिकारिक रूपमा आयात गर्दै आएका स्काईवेल, जीली र बिएडब्ल्यू ब्राण्डका गाडी ग्राहकलाई हस्तान्तरण गरेको हो ।

एलआरआर ग्रुपका अनुसार शुक्रबार स्काईवेलका १० युनिट र बिएडब्ल्यू ई७ प्रोका ८ युनिट गाडी ग्राहकलाई हस्तान्तरण गरिएको छ । त्यस्तै, जीलीका ८ युनिट ईभी पनि धनतेरसकै अवसरमा ग्राहकलाई उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

यसरी धनतेरसको अवसरमा कम्पनीले कुल २६ युनिट विद्युतीय गाडी हस्तान्तरण गरेको हो । कम्पनीका अनुसार लक्ष्मी पूजाको दिन पनि थप केही गाडी ग्राहकलाई हस्तान्तरण गरिनेछ ।

कम्पनीले यसअघि नै बुकिङ गरेका ग्राहकलाई प्राथमिकतामा राखेर गाडी उपलब्ध गराउन थालेको छ । नाडा अटो शो २०२६ तथा त्यस आसपास बुकिङ गरेका ग्राहकले अहिले क्रमशः गाडी प्राप्त गर्न थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?