बैंकहरुको नाफामा उल्लेख्य वृद्धि, नबिल बैंक शीर्ष स्थानमा

लोकपथ
35
Shares

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा वाणिज्य बैंकहरूले १९ अर्ब ११ करोड रुपैयाँ नाफा कमाएका छन् ।

२० वटै वाणिज्य बैंकले आर्थिक वर्ष २०८३÷८४ को सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकहरुले यो अवधिमा १९ अर्ब रुपैयाँ बढी नाफा कमाएका हुन् । सार्वजनिक वित्तीय विवरणअनुसार अधिकांश बैंकको नाफामा सुधार देखिँदा केही बैंकको नाफामा भने सामान्य गिरावट आएको छ ।

विवरणअनुसार, नबिल बैंक नाफामा शीर्ष स्थानमा छ । सो बैंकले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा २ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा धेरै बढी देखिएको छ । नबिल बैंकले गत वर्षको सोही अवधिमा १ अर्ब ७५ करोड रुपैयाँ मात्र नाफा कमाएको थियो ।

नबिलपछि दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकले सो अवधिमा २ अर्ब ३१ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । सो बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ८५ करोड रुपैयाँ नाफा कमाएको थियो ।

यसैगरी, राष्ट्रिय वाणिज्य बैंक (सरकारी स्वामित्व) को नाफा पनि धेरै नै बढेको छ । सो बैंकले गत वर्षको पहिलो तीन महिनामा ५८ करोड रुपैयाँ मात्र नाफा कमाएकोमा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १ अर्ब ६४ करोड रुपैयाँ नाफा कमाएको छ ।
यस्तै, एभरेष्ट बैंकले १ अर्ब २५ करोड, प्राइम कमर्सियल बैंकले १ अर्ब १८ करोड र नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले १ अर्ब १८ करोड, एनएमबि बैंकले १ अर्ब १६ करोड, कृषि विकास बैंकले १ अर्ब ९ करोड, कुमारी बैंकले १ अर्ब ७ करोड र सानिमा बैंकले १ अर्ब ५ करोड रुपैयाँ नाफा कमाएको छ ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा २२ करोड रुपैयाँ नोक्सानीमा रहेको सिटिजन्स बैंकले पनि यो तीन महनिामा आफूलाई सुधार्दै १० करोड रुपैयाँ नाफा कमाएको छ ।

उँदै नाफामा फर्किएको छ । यस्तै, लक्ष्मी सनराइज बैंक, प्रभु बैंक र सिद्धार्थ बैंकले पनि आफ्नो नाफामा दोब्बरभन्दा बढीको वृद्धि गरेका छन् ।

लक्ष्मी सनराइज बैंकले गत आर्थिक वर्षको पहिलो तीन महिनामा ३३ करोड २३ लाख रुपैया कमाउँदा यो वर्ष उल्लेख्य सुधार गर्दै ६५ करोड ३३ लाख कमाएको छ ।

एनआइसी एशिया बैंकले यही अपधिमा गत वर्ष १२ करोड २१ लाख कमाउँदा यो वर्ष १२ करोड ७४ लाख, प्रभु बैंकले गत वर्ष ३६ करोड ५७ लाख रुपैयाँ कमाउँदा यो वर्ष ६४ करोड ७४ लाख, नेपाल एसबिआई बैंकले गतवर्ष ४९ करोड ७६ लाख कमाउँदा यो वर्ष ५५ करोड ८५ लाख, माछापुच्छ्रे बैंकले ४१ करोड ७९ लाख कमाउँदा यो वर्ष ५५ करोड ११ लाख, नेपाल बैंकले गत वर्षको सोही अवधिमा ५८ करोड ८२ लाख कमाउँदा यो वर्ष ८३ करोड २१ लाख, सिद्धार्थ बैंकले गतवर्ष ३२ करोड ४० लाख कमाउँदा यो वर्ष ८५ करोड १५ लाख रुपैयाँ कमाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?