काठमाडौं । शुक्रबार समाचार कक्षबाट पक्राउ परेका सबै पत्रकार रिहा भएका छन् । सञ्चारमन्त्री विक्रम तिमल्सिनाले सोबारे जानकारी दिएका हुन् ।
शुक्रबार नेपाल प्रेस डटकमका पत्रकार विश्वमणि सुवेदी, मोटिभेट न्युजका अध्यक्ष तथा प्रधान सम्पादक शोभराज बराल र डीएनए अनलाइनका धीरज बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
उनीहरुको पक्राउपछि चौतर्फी विरोध भएपछि प्रधानमन्त्री बालेन्द्र शाहले सबैलाई रिहा गर्न निर्देशन दिएका थिए ।
सञ्चारमन्त्री तिमल्सिनाले सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता लोकतन्त्रका आधारस्तम्भ भएको पनि बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया