हेटौँडा । लगातारको वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि मकवानपुर हुँदै काठमाडौं जोड्ने कान्ति राजमार्गमा दुई दिन रातिको समयमा सवारी आवागमन बन्द गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज र भोलि साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलका अनुसार बंगालको खाडीमा बनेको अर्नब चक्रवातको प्रभावले बिहीबारदेखि जिल्लामा निरन्तर वर्षा भइरहेको छ । लगातारको वर्षाका कारण सडकमा बाढीपहिरो जाने जोखिम बढेको छ ।
सम्भावित दुर्घटना तथा मानवीय र भौतिक क्षति हुन नदिन रातिको समयमा सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको प्रशासनले जनाएको छ ।
प्रशासनले उक्त समयमा कान्ति राजमार्गमा सवारीसाधन नचलाउन र यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया