काठमाडौं । सरकारी निर्देशन पटक–पटक अवज्ञा गरेको आरोपमा सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) लाई निलम्बन गरेको छ ।
गृह मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको सूचनामार्फत राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ६ को उपदफा (२) बमोजिम संस्थालाई निलम्बन गरिएको जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार एन प्याब्सनले सरकारबाट जारी विभिन्न निर्देशनको निरन्तर उल्लंघन गर्दै आएको थियो । त्यस्तै, संस्थाका पदाधिकारीले स्वीकृत विधान र संस्थाको घोषित उद्देश्यविपरीत गतिविधि सञ्चालन गरेको आरोपसमेत लगाइएको छ ।
यसअघि गत असोज २३ गते गृह मन्त्रालयले सम्बन्धित पक्षसँग छलफल गर्दै प्रचलित कानुन तथा मन्त्रालयका निर्देशनअनुसार काम गर्न सचेत गराएको थियो । तर, पटक–पटक निर्देशन दिँदा पनि त्यसको कार्यान्वयन नभएपछि निलम्बनको निर्णयमा पुग्नुपरेको मन्त्रालयले जनाएको छ ।
निलम्बनसँगै मन्त्रालयले एन प्याब्सनको नाम प्रयोग गरी कुनै पनि समूह वा गुटले संस्थागत गतिविधि गर्न नपाउने स्पष्ट पारेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया