सोलुखुम्बुको डिङबोचेस्थित ‘गुड लक होटल’ मा आगलागी

लोकपथ
14
Shares

काठमाडौं । सोलुखुम्बुको डिङबोचेमा रहेको एक होटलमा आगलागी भएको छ । आज बिहान डिङबोचेस्थित गुड लक होटलमा आगलागी भएको हो ।

आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आगलागी भएपछि स्थानीय बासिन्दा र प्रहरी घटनास्थलमा पुगेर आगो निभाउने प्रयास गरिरहेका छन् । आगलागी नियन्त्रणका लागि स्थानीय र प्रहरी सक्रिय रूपमा जुटिरहेका छन् ।

आगलागीको कारण खुल्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?