प्रहरी प्रधान कार्यालयले किन बोलायो सातै प्रदेशका प्रहरी प्रमुखलाई काठमाडौं ?

लोकपथ
1.1k
Shares

काठमाडौं । नेपाल प्रहरीको हेडक्वार्टरले सातै प्रदेशका प्रहरी प्रमुखलाई काठमाडौं बोलाएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजीसहित सातै प्रदेशका डीआईजीलाई बिहीबार दिउँसो १२ बजेसम्म नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको हो ।

प्रहरी स्रोतका अनुसार संगठनको चेन अफ कमान्ड, शान्तिसुरक्षा व्यवस्थापन तथा प्रहरीको कामकारबाहीमा पर्न सक्ने असरका विषयमा छलफल गर्न उच्च अधिकारीहरूलाई काठमाडौं बोलाइएको हो ।

प्रहरी संगठनका विषयमा विभिन्न चर्चा तथा टिप्पणी हुन थालेपछि त्यसले प्रहरीको मनोबल र जनविश्वासमा पार्न सक्ने प्रभावलाई ध्यानमा राख्दै ठोस नीति तय गर्न उच्च अधिकारीहरूबीच छलफल हुन लागेको स्रोतले जनाएको छ ।

यसैबीच, प्रदेश प्रहरी प्रमुखहरू प्रहरी प्रधान कार्यालय पुग्नुअघि नै प्रहरी महानिरीक्षक (आईजीपी) को अध्यक्षतामा पोलिसी कोअर्डिनेसन कमिटी (पीसीसी) को बैठक बसिरहेको छ । बैठकमा प्रहरी प्रधान कार्यालय तथा काठमाडौं उपत्यकामा कार्यरत एसएसपी तहसम्मका अधिकारीहरू सहभागी छन् ।

।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?