काठमाडौं । प्रहरीले सिराहाको मार्डरमा हवाई फायर गरी दुई जना भारतीय लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्युरोका अनुसार उनीहरुलाई आज बिहीबार बिहान पक्राउ गरिएको हो । उनीहरूको साथबाट ३०० ग्राम खैरो हेरोइन र एउटा मोटरसाइकल बरामद भएको जनाइएको छ ।
प्रहरी गस्ती टोलीलाई देखेपछि भाग्न खोजेका उनीहरूलाई एक राउन्ड हवाई फायर गरी नियन्त्रणमा लिइएको ब्युरोले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया