काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि श्रीलंकाका अलराउन्डर थरिन्दू रथनायकेलाई टोलीमा अनुबन्ध गरेको छ ।
३० वर्षीय रथनायके बायाँहाते ब्याटर हुन् । उनी दायाँ र बायाँ दुवै हातले बलिङ गर्न सक्छन् । यही क्षमताले उनलाई अन्य स्पिनरभन्दा फरक बनाएको छ ।
रथनायकेले श्रीलंकाको राष्ट्रिय टोलीबाट चार टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनले ती खेलमा ७७ रन बनाउनुका साथै ६ विकेट लिएका छन् ।
समग्र टी–२० क्रिकेटमा उनले ८८ खेल खेल्दै ६३८ रन बनाएका छन् भने ९८ विकेट लिएका छन् ।
सुदूरपश्चिम रोयल्सले एनपीएलको तेस्रो सिजनमा आफ्नो दोस्रो खेलमा आज पोखरा एभेन्जर्ससँग प्रतिस्पर्धा गर्दैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया