सुन चाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा भइराखेको छ कारोबार ?

लोकपथ
70
Shares

काठमाडौं । आज बुधबार सुनचाँदीको मूल्य सामान्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन २ लाख ८३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो अहिल्लो दिनको तुलनामा प्रतितोला ९ सय रुपैयाँ बढी हो । हिजो सुन प्रतितोला २ लाख ८२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदी ३ हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ । । यो मूल्य अघिल्लो दिनको तुलनामा १० रुपैयाँ बढी हो । हिजो मंगलबार चाँदी प्रतितोला ३ हजार ९७० रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?