तिहारमा ५२ लाख फूलका माला खपत हुने अनुमान

लोकपथ
14
Shares

काठमाडौं । आगामी तिहारमा काठमाडौं उपत्यकामा करिब ५२ लाख फूलका माला खपत हुने अनुमान गरिएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालले यस वर्ष फूलका मालाको कारोबार करिब ४८ करोड रुपैयाँ पुग्ने अपेक्षा गरेको छ ।

एसोसिएसनले सार्वजनिक गरेको विवरणअनुसार तिहारमा सयपत्रीका ४५ लाख, मखमलीका छ लाख, गोदावरीका २० हजार र मिश्रित फूलका ६० हजार माला खपत हुने अनुमान छ ।

एसोसिएसनका अध्यक्ष राजेशभक्त श्रेष्ठले यस वर्ष तिहारमा स्वदेशी उत्पादनबाटै फूल तथा मालाको माग धान्ने दाबी गरे । उनका अनुसार कुल ५२ लाख मालामध्ये करिब ४० लाख माला स्वदेशी उत्पादनबाट आपूर्ति हुने अपेक्षा गरिएको छ ।

सयपत्रीका मालाबाट ४० करोड ५० लाख रुपैयाँ, मखमलीबाट दुई करोड ७० लाख, गोदावरीबाट दुई करोड ४० लाख र मिश्रित फूलका मालाबाट दुई करोड ४० लाख रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ ।

यसैबीच, फ्लोरिकल्चर एसोसिएसन नेपालले कात्तिक १२ देखि १६ गतेसम्म ललितपुरको जावलाखेलमा १९औँ गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनी आयोजना गर्ने भएको छ ।

एसोसिएसनका उपाध्यक्ष तथा मेला संयोजक सुमन महर्जनका अनुसार प्रदर्शनीमा सेल्फीसहित ७८ वटा व्यावसायिक कक्ष रहनेछन् । मेलामा ४५० प्रजातिका फूल तथा बिरुवा प्रदर्शन गरिनेछ भने करिब ३९ हजार दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?