काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्स्ट्रिम इनर्जी ड्रिङ्कले सात टोलीको लोगो अंकित विशेष क्यान बजारमा ल्याएको छ ।
क्रिकेट समर्थकले आफ्नो मनपर्ने टोलीप्रतिको माया र समर्थन देखाउन सकून् भन्ने उद्देश्यले कम्पनीले विशेष क्यान सार्वजनिक गरेको हो ।
अब समर्थकले आफूले मन पराउने टोलीको लोगो भएको क्यानमार्फत पनि आफ्नो समर्थन देखाउन सक्नेछन् ।
एनपीएल सिजन ३ मा एक्स्ट्रिमले काठमाडौं गोर्खाज, लुम्बिनी लायन्स, विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्ससँग मुख्य प्रायोजकका रूपमा साझेदारी गरेको छ ।
त्यस्तै, पोखरा एभेन्जर्ससँग जर्सीको छातीमा कम्पनीको लोगो राख्ने गरी प्रायोजन सम्झौता गरेको छ । यी सातै टोलीका लोगो समेटिएका विशेष क्यानमार्फत क्रिकेटको उत्साहलाई मैदानबाहिर पनि समर्थकसम्म पुर्याउने कम्पनीको लक्ष्य छ । क्रिकेटप्रेमीले आफ्नो टोलीको पहिचानसँग जोडिएका क्यान प्रयोग गरेर समर्थन देखाउन सक्नेछन् ।
‘अब एक्स्ट्रिम इनर्जी ड्रिङ्क पिउनुमा मात्र सीमित रहने छैन,’ कम्पनीले विज्ञप्तिमा भनेको छ, ‘यसको प्रयोग आफ्नो मनपर्ने टिमप्रतिको माया, समर्थन र क्रिकेटप्रतिको लगाव व्यक्त गर्ने अर्को माध्यम बन्न सक्नेछ ।’
कम्पनीका अनुसार यी विशेष क्यान उपभोक्ताले नजिकैका पसल तथा बिक्री केन्द्रबाट खरिद गर्न सक्नेछन् ।
यसरी एनपीएलको रौनक बढिरहेका बेला एक्स्ट्रिमले विशेष क्यानमार्फत समर्थकलाई आफ्नो मनपर्ने टोलीसँग जोड्ने प्रयास गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया