काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि कर्णाली याक्समा अनुबन्ध भएका स्कटल्यान्डका अलराउन्डर मार्क वाट नेपाल आइपुगेका छन् ।
३० वर्षीय वाट आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रालिका प्रतिनिधिले विमानस्थलमा स्वागत गरेका थिए ।
वाटले स्कटल्यान्डका लागि ८३ टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दै ९४ विकेट लिएका छन् । ब्याटिङतर्फ उनले ३२१ रन बनाएका छन् । समग्र टी–२० क्रिकेटमा भने उनले १३१ खेलबाट १२३ विकेट लिनुका साथै ४०३ रन बनाएका छन् ।
वाटले एनपीएलको दोस्रो संस्करणमा पनि कर्णाली याक्सबाटै खेलेका थिए । गत संस्करणमा उनले ११४ रन बनाएका थिए । सोही क्रममा उनले ४१ बलमा शतक प्रहार गर्दै कीर्तिमान बनाएका थिए ।
उनी आन्द्रेस गौसपछि एनपीएलमा शतक प्रहार गर्ने दोस्रो खेलाडी बनेका थिए ।
तेस्रो संस्करणका लागि कर्णाली याक्सले विदेशी खेलाडीका रूपमा दक्षिण अफ्रिकाका डेभिड मिलर, पाकिस्तानका टी–२० टोलीका कप्तान साहिबजादा फरहान र हुसैन तलात, बंगलादेशका युवा ब्याटर अरिफुल इस्लाम र अकबर अली तथा स्कटल्यान्डका मार्क वाटलाई अनुबन्ध गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया