माछापुच्छ्रे बैंक र युनाइटेड रेमिटबीच रेमिट्यान्स सेवाका लागि सम्झौता

लोकपथ
21
Shares

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले विदेशबाट नेपालमा रेमिट्यान्स भित्र्याउने प्रक्रियालाई सहज, सरल र विश्वसनीय बनाउने उद्देश्यले युनाइटेड रेमिटसँग सम्झौता गरेको छ ।

सीजी ग्रुपद्वारा प्रवर्द्धित युनाइटेड रेमिटसँगको सहकार्यपछि बैंकले आफ्नो रेमिट्यान्स सेवा विस्तार गरेको हो । यस सहकार्यबाट यूके, जापान, दक्षिण कोरियालगायत विश्वका विभिन्न देशमा रहेका नेपालीले मनीग्राम र टीएमएल रेमिट्यान्समार्फत नेपालमा रकम पठाउन सक्नेछन् ।

सम्झौताअनुसार विदेशबाट युनाइटेड रेमिटका प्रतिनिधि कार्यालयमार्फत पठाइएको रकम नेपालमा माछापुच्छ्रे बैंकका १५६ वटा शाखा, शाखारहित बैंकिङ सेवा तथा एक्सटेन्सन काउन्टरबाट प्राप्त गर्न सकिनेछ । यसले विदेशबाट पठाइएको रकम नेपालमा सहज रूपमा भुक्तानी लिन सहयोग पुग्ने बैंकको अपेक्षा छ ।

सम्झौतापत्रमा युनाइटेड रेमिटका तर्फबाट सहायक महाप्रबन्धक सुदन सिंह सिलवाल र माछापुच्छ्रे बैंकका तर्फबाट डिजिटल बैंकिङ प्रमुख माधव सुवेदीले हस्ताक्षर गरेका छन् ।

यस सहकार्यले विदेशमा रहेका नेपालीले परिवार तथा आफन्तलाई रकम पठाउने प्रक्रियालाई थप सहज बनाउनुका साथै देशभर रेमिट्यान्स भुक्तानी सेवाको पहुँच विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?