माछापुच्छ्रे बैंकको सञ्चालक समितिको अध्यक्षमा पुनः रोशन केसी

लोकपथ
35
Shares

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा पुनः रोशन केसी नियुक्त भएका छन् ।

बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले केसीलाई आगामी ४ वर्षका लागि पुनः केसीलाई अध्यक्षमा नियुक्त गरेको हो ।

त्यसो त माछापुच्छ्रे बैंक लिमिटेडले शेयरधनीलाई ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको २८औँ वार्षिक साधारणसभाले चुक्ता पुँजीको ३ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश गरी कुल ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

साधारणसभाले संस्थापक शेयरधनीका तर्फबाट रोशन केसी, मुकुन्द महत र कृति महतोलाई तथा सर्वसाधारण सेयरधनीका तर्फबाट विश्वप्रकाश गौतमलाई सञ्चालकमा निर्विरोध निर्वाचित गरेको छ।

बैंकका अनुसार बोनस शेयर वितरणपछि साधारण चुक्ता पुँजी १२ अर्ब ४५ करोड रुपैयाँ पुग्नेछ। अग्राधिकार सेयरसमेत जोड्दा बैंकको कुल चुक्ता पुँजी १५ अर्ब ४५ करोड रुपैयाँ पुग्नेछ ।

बैंकले गत आर्थिक वर्षमा १ अर्ब ९५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। उक्त अवधिमा बैंकको प्रतिसेयर आम्दानी १६ रुपैयाँ १७ पैसा कायम भएको थियो ।

साधारणसभामा बैंकका संस्थापक तथा साधारण सेयरधनीको उल्लेख्य सहभागिता रहेको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?