काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत जारी मतगणना अनुसार महामन्त्री र उपसभापतिमा रोचक प्रतिष्पर्धा देखिएको छ ।
कांग्रेसको विधान अनुसार एक महिलासहित ३ जना महामन्त्रीको व्यवस्था रहेको छ । जसअनुसार महिलामा एक पदका लागि ३ जना प्रतिष्पर्धा गरिरहेका छन् । डा. डिला संग्रौला (पन्त), महालक्ष्मी उपाध्याय (डिना) र रीता खनाल ।
सुरुबाटै प्रतिष्पर्धी देखिएका डिला र डिनामध्ये अहिले भने डिलाले केही अग्रता कायम गरेकी छन् ।
यो समाचार तयार पार्दासम्म डिलाको १ हजार ५ सय १७ मत प्राप्त हुँदा डिनाले १ हजार ३ सय ९८ मत प्राप्त गरेकी छन् । यता अर्की उम्मेदवार रीता खनालले ३६५ मत प्राप्त गरेकी छन् ।
यसैगरी उपसभापति खुलातर्फ चन्द्रकान्त भण्डारी (चन्द्र भण्डारी) ले अग्रता कायम गरेका छन् । उनले १ हजार ६ सय ८६ मत प्राप्त गरेका छन् । यसैगरी उनलाई ई मधु आचार्यले पच्छाइरहेका छन् । उनले १ हजार ९० मत प्राप्त गरेका छन् । यता तेस्रो स्थानमा रहेका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ९ सय ५५ मत प्राप्त गरेका छन् । कांग्रेसको विधान अनुसार ४ जना उपसभापति रहने व्यवस्था रहेको छ । जसमा महिलातर्फबाट पुष्पा भुसाल निर्वाचित भइसकेकी छन् भने बाँकी तीन मध्ये २ जना खुला र एक जना समावेशीबाट चयन हुँदैछन् ।
समावेशीमा विनोद चौधरीले अग्रता कायम गरेका छन् ।
चौधरीले ८९६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्द्धी जीवन परियारले ८२९ मत प्राप्त गरेका छन् ।
यता महामन्त्रीमा खुलातर्फ प्रदीप पौडेलले अग्रता कायमै राखेका छन् । उनले झण्डै दोब्बर मतको अग्रता कायम राख्दा २ हजार ५५ मत प्राप्त गरेका छन् । यता उदयशमशेर राणाले १ हजार १ सय ५९ मत प्राप्त गरेका छन् । यसैगरी तेस्रोमा डा. सुनिकुमार शर्मा रहेका छन् । उनले ९ सय ३४ मत प्राप्त गरेका छन् । केही समयअघिसम्म दोस्रो तेस्रो स्थानमा रहेका अमरसिंह पुन चौथो स्थानमा पुगेका छन् ।
यस्तो छ सूची :
नेपाली कांग्रेस १५औँ महाधिवेशन ३ हजार ४३५ मतगणना
केन्द्रीय उपसभापति (खुला)
- डा. चन्द्रकान्त भण्डारी — १,६८६
- ई. मधु आचार्य — १,०९०
- सुरेन्द्रराज पाण्डे — ९५५
- गोविन्द भट्टराई — ९४१
- धनराज गुरुङ — ७१९
- दीपक गिरी — ४९७
- प्रा. डा. चन्द्रमोहन यादव — २९९
केन्द्रीय उपसभापति (समावेशी) - बिनोद कुमार चौधरी — ८९६
- जीवन परियार — ८२९
- फरमुल्लाह मंसुर — ४६९
- रंजीत कर्ण — २७०
- सीता गुरुङ — २५१
केन्द्रीय महामन्त्री (खुला) - प्रदीप पौडेल — २,०५५
- उदयशमशेर राणा — १,१५९
- डा. सुनिलकुमार शर्मा — ९३४
- अमरसिंह पुन मगर — ८१९
- गुरुराज घिमिरे — ६७८
- नैनसिंह महर — ४२८
- शंकर तिवारी — ८२
- डा. सन्तोष उपाध्याय — ४९
केन्द्रीय महामन्त्री (महिला) - डा. डिला संग्रौला (पन्त) — १,५१७
- महालक्ष्मी उपाध्याय (डिना) — १,३९८
- रीता खनाल — ३६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया