काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत जारी मतदानका लागि थप २ घण्टा समय थपिएको छ ।
बिहान ७ बजेबाट भनिएको मतदान केही ढिला गरि सुरु भएको थियो । दिउँसो ३ बजेसम्मका लागि भनिएको मतदानको समय ५ बजेसम्मका लागि थपिएको थियो । तर तोकिएको समयभित्र मतदान हुन नसक्ने देखिएपछि थप २ घण्टाको समय थप गरिएको निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले जानकारी दिए ।
त्यसो त सभापति पदको मतगणना आजै रातिबाट सुरु हुने समेत बताइएको छ । सभापतिमा गगनकुमार थापा र श्यामकृष्ण खड्गीको प्रतिष्पर्धा हुँदैछ । विभिन्न २९७ पदका लागि ८५० जना हाराहारीमा उम्मेदवारहरु चुनावी मैदानमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया