माछापुच्छ्रे बैंकले पायो ‘कस्टमर इन्गेजमेन्ट’ र ‘रिस्क म्यानेजमेन्ट’ अवार्ड

लोकपथ
21
Shares

काठमाडौं । माछापुच्छ्रे बैंकले ग्राहक सेवा, डिजिटल प्रविधि र जोखिम व्यवस्थापनमा उत्कृष्ट काम गरेबापत दुई अन्तर्राष्ट्रिय बैंकिङ पुरस्कार प्राप्त गरेको छ ।

बैंकले ‘इन्फोसिस फाइनाकल इनोभेसन अवार्ड्स २०२६’ अन्तर्गत ‘म्याक्सिमाइजिङ कस्टमर इन्गेजमेन्ट’ विधामा प्ल्याटिनम अवार्ड पाएको हो ।

ग्राहकको खाता खोल्ने लगायत बैंकिङ सेवामा जोडिने प्रक्रिया सरल र सहज बनाउने उद्देश्यले सञ्चालन गरेको ‘रिइन्भेन्टिङ कस्टमर अनबोर्डिङ’ पहलका लागि बैंकलाई यो पुरस्कार दिइएको हो ।

इन्फोसिस फाइनाकल इनोभेसन अवार्ड्सले प्रविधि, नवप्रवर्तन र ग्राहक केन्द्रित सेवामा उत्कृष्ट काम गर्ने बैंक तथा वित्तीय संस्थालाई सम्मान गर्दै आएको छ । सन् २०२६ को संस्करणमा विश्वभरबाट ९ विधामा ५०० भन्दा बढी आवेदन परेका थिए ।

त्यस्तै, माछापुच्छ्रे बैंकले ‘बेस्ट पर्फर्मेन्स अन रिस्क म्यानेजमेन्ट’ पुरस्कार पनि प्राप्त गरेको छ । इन्डियन च्याम्बर अफ कमर्सले नयाँ दिल्लीमा आयोजना गरेको ‘फोर्थ इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एन्ड अवार्ड्स २०२६’ मा बैंकलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

कर्जा, सञ्चालन, बजार र तरलता जोखिम व्यवस्थापनमा बैंकले गरेको कामको मूल्यांकन गर्दै यो पुरस्कार दिइएको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?