काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेबाट मतदान हुँदैछ ।
खुलामञ्च, राष्ट्रिय सभा गृह र प्रज्ञा भवन गरी तीन वटा बुथमा मतदान हुन लागेको हो ।
२९७ जनाको केन्द्रीय कमिटीमा ६६ जना सभापतिले मनोनीत गर्ने व्यवस्था रहँदा बाँकी पदमा भने मतदान हुनेछ । यद्यपि वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र उपसभापति (महिला) मा पुष्पा भुसाल निर्विरोध निर्वाचित भइसकेका छन् भने केही केन्द्रीय सदस्य समेत निर्विरोध भएका छन् ।
यद्यपि सभापतिमा भने गगन थापा निर्विरोध निर्वाचित हुनबाट रोकिएका छन् । श्यामकृष्ण खड्गीले आफ्नो उम्मेदवारी कायमै राख्दा गगन थापासँग प्रतिष्पर्धा हुनेछ ।
नेपाली कांग्रेसको निर्वाचन समितिले उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक गरेको छ । देशभरबाट आएका ७ हजार २ सय ५५ महाधिवेशन प्रतिनिधिहरुले नेतृत्व चयनका लागि मतदान गर्दैछन् ।
सूची हेर्नुहोस् :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया